३१ भदौ, काठमाडौं । जुवातास खेलेको आरोपमा गोकर्णेश्वरबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल बुद्धचोकस्थित अन्जन श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा आइतबार दिउँसो प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–३ घर भएका ३० वर्षीय विनोद तामाङ समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ४ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0