३१ भदौ, काठमाडौं । ‘सुगर ड्याडी’ बने युवकहरुलाई क्रुर यतना दिने आशिष देउलाबाट युवतीहरु पनि पीडित भएको खुलेको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ घर भएका देउलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेपछि पीडितहरु प्रहरीको सम्पर्कमा पुगेका छन् । सुरुमा एक युवकले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान गरेको थियो । अहिले पीडितको संख्या तीन जना पुगेको छ ।

आइतबार मात्रै धादिङ घर भएका एक युवकले परिसरमा देउलाविरुद्ध जाहेरी दिएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उनका अनुसार देउलाबाट पीडित एक युवती प्रहरीको सम्पर्कमा आएको छ । पोखरा घर भएकी एक युवतीलाई पनि देउलाले यातना दिएका थिए ।

उनका अनुसार देउलाले गत वैशाखमा काठमाडौंको क्षेत्रपाटीबाट गाडीमा राखेर बुढानीलकण्ठस्थित आफ्नो घरमा लगेका थिए । ‘पानीको पाइप जोड्ने पनिउ तताएर शरीरको पछाडिएको भागमा डामेको पाइएको छ’ एक अनुसन्धान अधिकृतले भने, ‘‘उनलाई हामीले सम्पर्क गरेर जाहेरी दिन आउन भनेका छौं ।’

युवतीले भने देउला प्रहरी हिरासतबाट छुटेपछि फेरि यातना दिनसक्ने भन्दै जाहेरी दिन अनाकानी गरेको प्रहरी स्रोत बताउँछ ।

आइतबार जाहेरी दिएका युवकलाई पनि देउवाले त्यही बेला यतना दिएका थिए । उनलाई नङमा सियोले रोप्ने, तातो फलामले डाम्ने, मलद्वारमा लट्ठी घुसार्नेजस्ता काम गरेको पीडित युवाले दिएको जाहेरीमा उल्लेख छ ।त र उनलाई पनि जाहेरी दिन सहमत गराउन एक साता लागेको एसपी अधिकारी बताउँछन् ।

यसअघि जाहेरी दिएका युवालाई लगनटोलस्थित एक घरमा लगेर यातना दिएका थिए ।

देउलाले नाइट क्लबमा जाँदा नकाव लगाउँथे । तालु खुइलिएको, अनुहार चाउरिएको वृद्ध पुरुष देखिने नकाव लगाएर रोमान्स गर्थे ।

गएर युवतीसँग रोमान्स गरेका भिडिओ र तस्वीरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेका थिए । यस्तो रोमान्स गर्ने बेलामा अरुले नचिनुन् भनेर उनले नकाव लगाउथे । नाइट क्लब लगेर रमाइलो गराएका व्यक्तिलाई नै देउलाले चरम यातना दिने गरेको आरोप लागेको छ । पीडित भनिएका तीनै जना देउलाका पूर्व चिनजानका व्यक्ति हुन् ।

क्रुर बनेर बिना कारण निर्दोष व्यक्तिलाई यातना दिएकाले उनी मानसिक रुपमा पूर्ण ठीक नभएको प्रहरी अधिकारीहरु बताउँछन् । उनीमा देखिएको संकेत स्याडिस्ट (परपीडक) भएको हुनसक्ने आशंका प्रहरीको छ ।

अरुको पीडामा रमाउने मान्छेलाई स्याडिस्ट भनिन्छ । कुनै रिसभाव नभएको व्यक्तिलाई नै पीडा पर्दा आनन्द लिनेहरू स्याडिस्ट हुन् ।

परिवारका सदस्य भन्छन्– यस्तो बानी थाहा थिएन

देउलाको अस्वभाविक बानी ब्यहोरा देखेपछि प्रहरीले बुढानिलकण्ठस्थित देउलाको परिवारका सदस्यहरुसँग सोधपुछ गरेको थियो । तर कसैले पनि देउलाको यस्तो अपराधबारे जानकार रहेको नबताएको परिसरका प्रवक्ता अधिकारी बताउँछन् ।

परिवारका सदस्यले समेत आफूहरु पनि दिनभर काममा व्यस्त हुने र देउला पनि आफ्नो काममा हुने भएकाले यसबारे कुनै जानकारी नभएको उनीहरुले बताएका छन् । देउला पछिल्लो समय समय प्रि–फ्याब सम्बन्धी काम गर्ने गर्थे भने उनको बुढानिलकण्ठमा हार्डवेयरको पसल समेत रहेको पाइएको छ

चारै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा

देउलाको साथबाट प्रहरीले टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका गाइघाट घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङलाई परिसरको टोलीले १८ भदौमा पक्राउ गरेको थियो ।

उनीहरु चार जना पक्राउ परे पनि देउला र ओजश्वीलाई मात्रै अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको कसुरमा म्याद थप गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । राजेन्द्र र साजनविरुद्ध भने अभद्र व्यवहारको आरोपमा म्याद थप गरिएको थियो ।

त्यतिबेलासम्म राजेन्द्र र साजनले यातना दिएको र सहयोग गरेको खुलेको थिएन । तर आइतबार अर्का एक व्यक्तिले राजेन्द्र र साजनविरुद्ध समेत जाहेरी दिएपछि उनीहरुमाथि पनि अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले बताए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0