काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा असोज १ गतेबाट हुने राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भइरहको सो पार्टीका नेता मनिष झाले जानकारी दिए ।

उनका अनुसार भेलामा पेश गर्ने सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, विधान संशोधन, विचार, संसदीय अभ्यास, पार्टी संगठनलगायत दस्तावेजमाथि छलफल भइरहेको छ । शनिबार बसेको बैठकमा छलफल हुन बाँकी विषयमाथि छलफल केन्द्रीत रहेको पार्टीका कार्यवहाक प्रवक्ता समेत रहेका झाले जानकारी दिए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0