काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा कर्णाली प्रदेशको रिपोर्ट पेस भएको छ । प्रदेश सभापति मदन खड्काले प्रदेशको समग्र रिपोर्ट पेस गरेका हुन् ।

सो क्रममा उनले कर्णाली प्रदेशमा पार्टीले आकार लिन नसकेको उल्लेख गरे । भूगोलको कठिनाइले सङ्गठन विस्तारमा गाह्रो भएको हो । पुराना दलले जनतामा पार्टीलाई लिएर अनेक भ्रम छरेको कारण सङ्गठन बिस्तारमा सकस भएको उनले उल्लेख गरे ।

कर्णाली प्रदेशमा ३ हजार बढी सदस्य बनेको उनले उल्लेख गरे ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0