२ असोज, काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

भदौको अन्तिम दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९०५ रुपैयाँ रहेको चाँदी यस दिन १८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0