२ असोज, काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले धरहरा आंशिक रुपमा मात्र सञ्चालन गर्न लागिएको बताएका छन् ।

संविधान दिवशको अवसर पारेर ३ असोजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएको छ । तर यो अन्तरिम मात्र भएको मन्त्री सिंहले पत्रकारहरुसँग बताए ।

बुधबार पत्रकारसँगको कुराकानीमा उनले भने, ‘अहिले चाहिँ अन्तरिम कालका लागि मात्र हो, पब्लिकमा धरहरा बनेको यत्तिका समय भइसक्यो, चढ्न त पाऔं भन्ने त इच्छा छ नि त ।’

त्यसैले हाल अनलाइन मार्फत बुक गर्ने ५०० वा ६०० जनाले मात्र धरहरा चढ्न पाउने उपप्रधानमन्त्री सिंहले बताए ।

अहिले परीक्षणका क्रममा भएकाले धरहरा चढ्न शुल्क नलाग्ने उनले बताए । धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्ण रुपमा सञ्चालन गर्ने उनको भनाइ छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0