काठमाडौँ । समसामयिक राजनीतिक, विद्यार्थीको राष्ट्रिय सम्मेलनको मिति तय लगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले खासगरी अखिल क्रान्तिकारीको २३ औँ सम्मेलनबारे निर्णय लिने माओवादीले जनाएको छ ।

असोज २ देखि ५ गतेसम्म काठमाडौँमा हुने भनिएको सम्मेलन तयारी नपुगेको कारण देखाउँदै स्थगित भएको थियो । बुधबार बसेको क्रान्तिकारीको कार्यालय बैठकले निर्णय लिन नसक्दा अर्को मिति तय हुन सकेको छैन ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0