६ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानका समस्या अध्ययन गर्न एक समिति गठन गरेका छन् ।

आइतबार मन्त्रालयमा बसेको सरोकारवाला सहभागी बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागिता हुने गरी नौ सदस्यीय समिति गठन भएको हो ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताए ।

के हो मह किसानको माग ?

मह किसानले हाल मौज्दात २ हजार १ सय टन मह बिक्री व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन् ।

मह आयात रोके पनि सिरपका रूपमा यसको आयात भइरहेको भन्दै मह किसानले मह आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी मह बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायत माग सरकार समक्ष राखेका छन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0