७ असोज, काठमाडौं । नेपाल र भारतबीच साहसिक तथा सांस्कतिक प्रवर्द्धन गर्ने उद्देश्यले भारतबाट ३० अपाचे बाइक राइडर नेपाल आएका छन् ।

भारतका विभिन्न प्रान्तबाट गोरखपुर हँदै नेपाल प्रवेश गरेको बाइकर टोली पोखरा र मुस्ताङको भ्रमण गरी काठमाडौं आइपुगेको हो ।

काठमाडौं आएको टोलीलाई सोमबार नेपाल पर्यटन बोर्डमा फ्लाग अफ गरी बाँकी यात्राका लागि शुभकामना व्यक्त गरिएको छ ।

फ्लाग अफ कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले नेपालमा पछिल्लो समय साहसिक पर्यटनका गतिविधि बढिरहेको सन्दर्भमा आयोजना गरिएको बाइक राइडरहरूको यो यात्राले नेपालको साहसिक तथा सांस्कतिक पर्यटन प्रवर्द्धन हुने बताए ।

भारतीय राइडरको टोलीमा नेपालका १० जना राइडर थपिएर सोमबार काठमाडौं, ललितपुर, भक्तपुर काभ्रेको धलिखेसम्मको यात्रा तय गर्ने आयोजक जगदम्बा मोटर्स (टीभीएस नेपाल) का बजार प्रबन्धक प्रशान्त राजभण्डारीले जानकारी दिए ।

काठमाडौंको यात्रा सकेर भारतीय राइडरको टोली चितवन सौराहाको जाने र चितवनबाट बुटबल-सुनौली हँदै भारत प्रवेश गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0