पोखरा । गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य भएको छ । बर्खे अधिवेशनको अन्तिम बैठक सोमबार बसेको थियो । बैठकले गण्डकी सरकारले प्रस्तुत गरेको संशोधन विधेयक सर्वसम्मत पारित गरेको छ भने मुख्यमन्त्रीले संसदलाई सम्बोधन गरेका थिए ।

यस्तै, स्वास्थ्य मन्त्री कृष्ण पाठक र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालय अन्तर्गत उठेका प्रश्नको जवाफ दिए । अर्को अधिवेशन चाडबाड सकिएपछि बस्ने संसद सचिवालयले जनाएको छ ।

संविधान अनुसार संसद अधिवेशनको दुरी ६ महिना कट्न हुँदैन । बर्खे अधिवेशनबाट गण्डकीले चालू वर्षको नीति तथा कार्यक्रम र बजेट बनायो । यस्तै, मुख्यमन्त्रीले विश्वासको मत लिए भने केही ऐनहरू पारित भएका छन्

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0