८ असोज, काठमाडौं । घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ ।

बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम बुकिङ खुलाउने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।

विभागका अनुसार यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिने छ ।

तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने भएको छ ।
जसअनुसार ८ असोज, काठमाडौं। जिल्ला प्रहरी परिसर ललितपुरले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर कार्यान्वयनमा ल्याएको छ । दशैं, तिहार, छठजस्ता पर्वहरुमा हुन सक्ने अपराध र विगतको अपराध शैलीलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेर लागू गरेको हो ।

चाडपर्वमा हुनसक्ने चोरी, पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झै–झगडा, विारी दुर्घटना, कालोबजारी, खाद्य पदार्थको कृतिम अभाव, पटाका तथा अतिसबाजीहरु जस्ता अपराधजन्य कार्यहरु न्यूनिकरणका लागि सुरक्षा योजना तयार पारेर कार्यान्वयन सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।
ललितपुर जिल्लाका १८३ स्थानमा एक सिफ्टमा १००८ जना प्रहरी एकसाथ परिचलान गरिने गरी व्यवस्था मिलाइएको उनले बताए। त्यसैगरी सातदोबाटो, लगनखेल, गोदावरी र प्याङ्गाउँ गरी चार ठाउँमा यात्रु सहायत कक्ष स्थापना गरिएको उनले बताए।

यसका साथैं कुकर परिचालन अर्थात डग स्निफिङ, क्वीक रेस्पोन्स भेइकल (सीआरभी)को समेत व्यवस्था गरिएको छ। आर्थिक कारोबार हुने ठाउँहरुमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0