८ असोज, काठमाडौं । अत्यावश्यक बाहेक ट्रेलरलगायत मालसामान ढुवानी गर्ने ठूला सवारीसाधन १७ असोज (घटस्थापना) देखि पूर्णिमासम्म चलाउन नपाइने भएको छ । यो निर्णय नारायणगढ–काठमाडौं रुटका लागि गरिएको हो ।

सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित गर्न यस्तो निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार १७ असोजदेखि १ कात्तिकसम्म यस रुटमा ठूला मालवाहक सवारी साधन चलाउन रोक लगाइएको छ ।

कानून बमोजिम मालवाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातका सामानको हकमा नियम अनुसार राजस्व तिरेको रसिद हेरी तेस्रो मुलुकका आयात/निर्यातजन्य ढुवानीका साधन भने भन्सार कार्यालय बन्द रहने अवधि बाहेक नारायणगढदेखि काठमाडौंसम्मको सडक खण्डमा आवात/जावत रोकिने छैन ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0