काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कापी परीक्षणको पारिश्रमिक बढाउने गृहकार्य अघि बढाएको छ । शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा बसेको परीक्षा सुधार समितिको बैठकले पारिश्रमिक बढाउने विषयमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो ।

अब रजिष्ट्रार कार्यालयले पारिश्रमिक पुर्नमूल्यांकन गरेर एक रूपता र समयानुकूल अभिवृद्धि गर्ने विषयमा अध्ययन गर्न समिति गठन गर्नेछ । चाडपर्वपछि समिति गठन हुने सक्ने केसीले बताए ।

त्रिविमा हाल कापी परीक्षण गरेको ३५० रुपैयाँ पाउने गरेका छन् । समयानुसार पारिश्रमिक बढाउनुपर्ने अवस्था आएको भन्दै बढाउने विषयमा गृहकार्य गर्न लागेको हो

पारिश्रमिक थोरै भएर प्रश्नपत्र उत्तर पुस्तिका परीक्षणमा लापरबाही गरेकी भनेर पारिश्रमिक पुर्नमूल्यांकन गर्ने समिति गठन गर्ने निर्णय भएको उनको भनाइ छ ।

‘उहिल्यै २० वर्ष अगाडि तोकिएको उक्त शुल्कमा नै कापी परीक्षण गर्र्दै आएका छन् । अहिले पनि त्यही छ । जसले गर्दा मान्छेहरूले सिरियसले काम गरेनन् कि भन्ने लागेर यस्तो गर्न खोजिएको हो,’ केसीले भने ।

कापी परीक्षणको पारिश्रमिक कम हुँदा गम्भीर भएर परीक्षण नगरेको हुनसक्ने भन्दै त्रिविले पारिश्रमिक वृद्धिको गृहकार्य गर्न लागेको हो ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0