पोखरा । गण्डकी प्रदेशमा विपद्‌बाट ७३ जनाको मृत्यु भएको छ । गएको वैशाखदेखि हालसम्म एघारवटै जिल्लामा ७३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । ३ जना अझै हराइरहेका छन् भने ८२ जना घाइते छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइहरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै बागलुङमा २० जनाको मृत्यु भएको छ भने कास्कीमा १५ जना, स्याङ्जामा ९ र गोरखामा ६ जनाको मृत्यु भएको छ । पछिल्लो ५ महिनामा प्रदेशभरी विपद्का कारण १७ करोडको क्षति भएको विवरण छ ।

‘विपद् न्यूनीकरण र व्यवस्थापनमा सरकार संवेदनशील छ । तर प्रभावकारी बनाउन समस्या धेरै छन्,’ पाण्डे भन्छन्, ‘हाम्रा सुरक्षा निकाय तैनाथ छन् । छिटो उद्धार र राहतमा सरकारले बढी जोड दिएको छ ।’

विपद् व्यवस्थापनका लागि प्रदेश स्तरीय कोषमा १० करोड र जिल्लाको विपद् कोषमा १० लाख नघट्ने गरी बजेट व्यवस्था गरेको उनले बताए । प्रदेश सरकारले विपद् जन्य घटनाबाट मृत्यु भएमा मृतकको परिवारलाई प्रतिव्यक्ति ५० हजार तत्काल राहत स्वरूप उपलब्ध गराउँदै आएको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0