काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को नेतृत्वमा संयुक्त विद्यार्थी सङ्घर्ष समितिले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । मेरिटोक्रेसीका आधारमा विश्वविद्यालयको डीन, विभिन्न विभागका प्रमुख र क्याम्पस प्रमुख नियुक्त गरिनुपर्नेमा वर्णानुक्रम अनुसार नियुक्त गर्न खोजेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्यहरू प्रेमिका रानामगर, धर्मराज शाही, विक्रमादित्य गिरी, जगतजंग विष्ट लगायतको उपस्थिति रहेको थियो । आफ्नो खल्तीको मान्छेलाई पदाधिकारी बनाउने उपकुलपतिको निर्णयलाई कुनै पनि हालतमा नमान्ने रानामगरले बताइन् । त्यस्तो भएमा उपकुलपतिका विरुद्ध कडा सङ्घर्षको कार्यक्रम घोषणा गर्ने उनको भनाइ थियो ।

लिखित परीक्षा पनि हुने, अन्तर्वार्ता पनि हुने र नम्बर पनि चढाइने तर, अन्तिममा बढी नम्बर ल्याउने उम्मेदवार छनौट नहुने उनको भनाइ छ । नेविसंघ, प्रायुसंघ, अनेरास्ववियु लगायतका सङ्गठनहरूले पनि ऐक्यबद्धता प्रकट गरेका थिए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0