१० असोज, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज १३ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

समसामयिक विषयमा छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो २ बजे बोलाएका हुन् ।

बैठक देउवाको निवास धुम्बाराहीमा बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका छन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0