श्रीमतीको हत्या गरेका श्रीमानलाई प्रहरीले पक्राउ

उदयपुर । उदयपुरमा श्रीमतीको टाउको काटी बोकेर गाउँ डुलाइरहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका २८ वर्षीया प्रमिला लामाको टाउको काटेर बोकी हिंडेका श्रीमान ३६ वर्षीय जङ्गबहादुर घिसिङलाई प्रहरीले पक्राउ गरेको हो।

सामान्य विवादमा तामाङले श्रीमतीलाई खुकुरी प्रहार गरी घाँटीमा छिनाएर टाउको लिएर बाटोमा हिँड्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। ताप्ली गाउँपालिका–४ थानागाउँ स्थायी घर भएका उनीहरू त्रियुगा नगरपालिका–६ जलजलेको वडा कार्यालय नजिकै घर भाडामा लिई चिया पसल गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0