विज्ञापन

चक्रपथको जग्गा मिचेको भन्दै महानगरले भत्कायो कलंकी भाटभटेनी पर्खाल

विज्ञापन
Image
विज्ञापन

९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १४ स्थित भाटभटेनीमा डोजर चलाएको छ ।

महानगरपालिकाले चक्रपथ (रिङरोड) को ‘राइट अफ वे’ पर्ने क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको हो ।

चक्रपथको सडक सीमाभित्र पर्ने भए पनि मिचेर कम्पाउन्ड बनाएको पाइएपछि आज भत्काइएको नगर प्रहरी नाबव उपरीक्षक (डीएसपी) ईश्वरराज वाग्लेले जानकारी दिए ।

‘उहाँहरूले राइट अफ वे मिच्नुभएको रहेछ भने अर्को ९–१० फिट अग्लो पर्खाल लगाउनुभएको रहेछ । त्यो दुवै हटाएका हौं,’ वाग्लले भने । उनले चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काएको बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन