१ कात्तिक, काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्नाका लागि आवेदन दिएकाहरुले ७ दिनभित्र कागजातहरु अद्यावधिक गर्नुपर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै आवश्यक कागजात ७ दिनभित्र अद्यावधिक गर्न भनेको छ ।

प्रहरीको जनपद समूहतर्फ खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने इन्सपेक्टर र असईको पदमा अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (ओआरएमएस) को माध्यमबाट दरखास्त दिएकाहरु मध्ये केहीको आवश्यक कागजातहरु समेत नसमेटिएको पाइएकाले यस्तो सूचना जारी गरिएको हो ।

दरखास्तका लागि चाहिने आवश्यक कागजात नसमेटिएकाहरुको दरखास्तसमेत स्वीकृत हुन बाँकी रहेकाले ७ कात्तिकभित्र ओआरएमएस प्रणालीमा त्यस्ता कागजातहरु समावेश गर्न भनिएको छ ।

आवश्यक कागजात नपुगेका र अबको ७ दिनभित्र पनि अद्यावधिक गरी पुन आवश्यक कागजात नपठाइए त्यस्ता फारमहरु स्वतः रद्द हुने सूचनामा उल्लेख छ ।

२८ भदौमा इन्सपेक्टर र असई भर्नाका लागि आवेदन खुलेको थियो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0