वासिङ्टन । अमेरिकी सिक्रेट सर्भिसले जारी गरेको एक प्रतिवेदनमा आफूमा धेरै कमीकमजोरी रहेको र त्यसलाई तत्काल सच्याउनुपर्ने उल्लेख गरिएको छ ।

यी त्रुटिहरूलाई छिट्टै सच्याइएन भने पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण जस्ता घटनाहरू भविष्यमा पनि जारी रहन सक्ने प्रतिवेदनमा उल्लेख छ।

गत जुलाईमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोलीकाण्डको अनुसन्धान एक स्वतन्त्र समितिले गरेको थियो । यस समितिले बिहीबार आफ्नो अनुसन्धानको नतिजा सार्वजनिक गरेको हो । यो अनुसन्धानको नतिजाले अमेरिकी गुप्तचर सेवामा कर्मचारीतन्त्र बढेको र यस संस्थामा कुनै सुधार नरहेको देखाएको छ ।

५२ पृष्ठको प्रतिवेदनमा भनियो, ‘सिक्रेट सर्भिसमा आमूल परिवर्तनको आवश्यकता छ।” यस संस्थाको असफलताका कारण डोनाल्ड ट्रम्पमाथि आक्रमण भएको थियो ।’

सिक्रेट सर्भिसले डोनाल्ड ट्रम्पमाथि गोलीबारीको घटनामा आफ्नो गल्ती स्वीकार गरेको थियो। घटना भएको केही दिनमै संस्थाका निर्देशकले पनि राजीनामा दिएका थिए ।

@एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0