मुम्बई । पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसांझले कीर्तिमान बनाएका छन् । ‘बिलबोर्ड क्यानडा’को कभरमा देखिने पहिलो भारतीय कलाकार बनेर उनले कीर्तिमान बनाएका हुन् । पत्रिकाको पहिलो प्रिन्ट संस्करणमा दिलजीतको दिल–लुमिनाटी भ्रमणको विशेष सामग्री समावेश हुनेछ ।

शनिबार म्यागजिन बिलबोर्ड क्यानाडाको आधिकारिक इन्स्टाग्राम मार्फत यो समाचार बाहिर ल्याइएको हो । इन्स्टाग्राम लेखिएको छ, ‘बिलबोर्डको विशेष संस्करणमा कभर–टू–कभर देखिने पहिलो भारतीय कलाकारको रूपमा दिलजीत दोसांझले विश्वब्यापी इतिहास रच्नेछन् । यो प्रतिष्ठित प्रकाशनका लागि अविस्मरणीय पल हो ।’

विशेष संस्करणमा ‘दिल लुमिनाटी’ भ्रमणका तस्बिर, अन्तर्वार्ता र पर्दा पछाडिका कथाहरू राखिने समेत उल्लेख गरिएको छ ।

म्यागजिनको कभर दिलजीतको लण्डन संगीत कार्यक्रममा लन्च गरिएको छ । ‘बिलबोर्ड क्यानडा’को कभरमा दिलजीतको समाचार बाहिर आएपछि उनका फ्यानले विभिन्न प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।

@एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0