काठमाडौँ । सङ्घीय संसद् सचिवालयले सवारी सुविधा वितरणमा महिलालाई विभेद गरेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । पुरुष कर्मचारीलाई मोटरसाइकल पनि स्कुटर पनि दिएको भन्दै उनीहरुले गुनासो गरेका हुन् । सङ्घीय संसद् सचिवालयका केही महिला कर्मचारीले समितिका सचिव रोजनाथ पाण्डेलाई ध्यानाकर्षण गराउँदा पनि ध्यानाकर्षण नभएको बताए ।

सचिवालयले हालै १० वटा मोटरसाइकल र १२ वटा स्कुटर खरिद गरी कर्मचारीहरूलाई वितरण गरेको थियो । त्यसमध्ये महिला कर्मचारीहरूले ८ वटा स्कुटर पाएका थिए । ४ स्कुटर सहित १० मोटरसाइकल पुरुष कर्मचारीलाई वितरण गरिएको थियो ।

सचिवालयले कर्मचारीको सुविधाका लागि नयाँ मोटर साइकल र स्कुटर खरिद गरेपछि ५६ जना मोटरसाइकलको लाइसेन्स भएका पुरुष कर्मचारीले मोटरसाइकल र २६ जना स्कुटरको लाइसेन्स भएका महिला र पुरुष कर्मचारीले स्कुटर माग गरेका थिए । स्कुटरको पनि लाइसेन्स भएका केही पुरुष कर्मचारीले पनि स्कुटर पाएपछि महिला कर्मचारीहरूले विरोध गरेका हुन् ।

पुरुष कर्मचारीलाई पनि स्कुटर दिएको तर महिलालाई नदिएको भनेर महिला कर्मचारीहरू सचिवालयका सचिव रोजनाथ पाण्डेकोमा डेलिकेशनका लागि समेत पुगेका थिए । तर उनले मापदण्ड अनुसार वितरण गरेको भन्दै असन्तुष्ट महिला कर्मचारीलाई फर्काइदिएका थिए ।

सचिवालयले विभिन्न मापदण्ड बनाएर मोटर साइकल र स्कुटर वितरण गरेको पाण्डेले बताए । काम नगर्ने, ठग्ने, धेरै सजाय पाएका लगायतका कर्मचारीले नपाएको उनको भनाई छ ।

सचिव पाण्डेले भने– ‘काम नगर्ने, ठग्ने, धेरै सजाय पाएकाहरू लगायत धेरै कुराहरूलाई इन्डिकेटर बनाएर हामीले मोटरसाइकल, स्कुटर बाँडेको हो त्यसमा कुनै समस्या छैन । वरिष्ठताका आधारमा बाँडिएको छ । गुनासो त जहाँ पनि हुन्छ नि, गुनासो कहाँ चाहिँ हुँदैन र ? बाइक स्कुटीमा यो पुरुषले चढ्ने यो महिलाले चढ्ने भनेर कहीँ लेखिएको छ र ? स्कुटर, बाइक त सबैका लागि हो नि । बाटोमा सबैले चढेको दुख्छु त म ।’ यस्तै सङ्घीय संसद् सचिवालयले ८ वटा गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0