काठमाडौँ । नेकपा (एमाले)ले नेता भीम रावलसहितका तीन जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले नेता रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनीहरूलाई एमाले केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0