काठमाडौँ । रवि लामिछानेलाई रिहा गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरका जिल्ला संयोजकले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । भक्तपुर संयोजक रामेश्वर बस्नेतले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।

कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई रिहा गर्न रास्वपा भक्तपुरले माग गरेको छ । पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति लामिछाने माथि अनुसन्धान गरिरहेको छ ।

रास्वपा भक्तपुरले लामिछाने सहकारीको रकम अपचनमा संलग्न भएको जिकिर गरेको छ । संयोजक बस्नतेले सहकारी ठगीमा संलग्न आरोप लागेका धनराज गुरुङ र ऋषिकेश पोखरेललाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0