काठमाडौं । शिखर इन्स्योरेन्सको सीईओमा दीपप्रकाश पाण्डेले निरन्तरता पाएका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको इन्योरेन्सका कम्पनी सचिव सुरज राजबाहकले जानकारी दिए ।

शिखर इन्योरेन्सको स्थापनाकालदेखि नै उनी यस इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहँदै आएका छन् । बीमा क्षेत्रमा तीन दशकको अनुभव रहेका उनी यसअघि तत्कालीन एमरेष्ट इन्स्योरेन्समार्फत् बीमा क्षेत्रमा प्रवेश गरेका थिए ।

पाण्डेकै नेतृत्वमा शिखर इन्स्योरेन्स व्यवसाय र मुनाफाको आधारमा देशकै सबैभन्दा ठुलो निर्जीवन बीमा कम्पनी बनेको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0