४ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद बैठकले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापनमात्रै गर्दै आएको थियो ।

सन् १९३२ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर जबराको पालामा चिडियाखाना स्थापना भएको थियो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0