४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा आज समूह ‘ए’ मा रहेको साविक विजेता बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

उपाधि रक्षा गर्ने अभियानमा रहेको साविक विजेता बंगलादेश राम्रो सुरुवात गर्ने लक्ष्यमा छ ।

बंगलादेशको यो पहिलो खेल हो । उता पाकिस्तान भने उद्घाटन खेलमै भारतसँग ५-२ ले पराजित भएको थियो । तीन टोली मात्रै रहेको यस समूहमा पाकिस्तानलाई नकआउट चरण पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने आवश्यकता छ ।

आजको खेलमा बंगलादेशले जित हात पारेमा पाकिस्तान समूह चरणबाटै बाहिरिने छ भने बंगलादेश र भारत समूहको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनल पुग्ने छ ।

भारत र बंगलादेशबीच समूहको अन्तिम खेल बुधबार हुनेछ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0