४ कात्तिक, काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज फ्रान्सबाट नेपाल आउँदैछिन्।

काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ का लागि साम्बा आउन लागेकी हुन् ।

सावित्रा राती साढे १ बजे नेपाल आईपुग्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। साफ च्याम्पियनसिप बिहीबारदेखि नै दशरथ रंगशालामा सुरु भइसकेको छ । तर इएन अभान्ट गुईग्याम्पबाट फ्रान्स शीर्ष श्रेणीको महिला लिग फुटबल खेलिरहेकी साम्बाले भने क्फब ड्युटीका कारण साफमा नेपाल र भुटानबीचको पहिलो खेल गुमाइन् ।

शुक्रबार साम्बा विनै आफ्नो पहिलो खेल खेलेको नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

शनिवार स्ट्रासवर्ग विरुद्ध लिगको खेल खेलेकी साम्बाले गोल समेत गरिन्। उनले टिमको लागि पहिलो गोल गरेकी थिईन् र उक्त खेल गुईग्याम्पले ३-२ ले जितेको थियो । यस सिजनमा गुईग्याम्पको यो पहिलो जित हो।

साम्बा आएपछि नेपाली टिम बलियो हुने अपेक्षा छ । पहिलो खेलमा भुटान विरुद्ध नेपाल फिनिसिङमा चुक्दा साम्बाको अभाव देखिएको थियो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0