४ कात्तिक, काठमाडौं । नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन तथा विश्लेषण गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले समितिको कार्यसर्त समेत स्वीकृत गरेको छ । समिति सदस्यमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी र हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ रिवाजप्रसाद प्रधानलाई नियुक्त गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवलाई सदस्य सचिव तोकिएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0