४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिनको मूल्यांकन यही साता सार्वजनिक गर्ने भएका छन् ।

सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्रीले मन्त्रालयहरुलाई दिएको जिम्मेजारी कति पूरा भयो भनेर मूल्यांकन भइरहेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सरकारको १०० दिनको कामको मुल्यांकन समीक्षा ६ वा ७ गते सार्वजनिक हुने जानकारी दिए ।

उनका अनुसार सञ्चार मन्त्रालयलाई १०० दिनमा गर्नुपर्ने काम भनेर १५ वटा तोकिएको थियो । उनले अगाडि भने, ‘जे जिम्मेवारी हामीलाई तोकेका थियौं, त्यो काम सम्पन्न गरेका छौं ।’

१८ घन्टा काम हुने राष्ट्रिय समाचार समितिलाई २४ घन्टा बनाउने, राससबाट थप दुई मातृ भाषा (नेपाल र मैथिली) मा समाचार सम्प्रषेण, नेपाल टेलिभिजनबाट थप एक मातृ भाषा (नेपाल) मा समाचार सम्प्रेषण र रेडियो नेपालमा थप एक भाषा (दुनुवार) समाचार सम्प्रेषण सुरु गरेको उनले बताए ।

मन्त्री गुरुङले भने, ‘हामी त फूलमार्क (१००) पाउने मन्त्रालयमा हामीले दाबी गरेका छौं । प्रधानमन्त्री कार्यालयमा मूल्यांकन हुँदै होला ।’

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0