विज्ञापन

सिमेन्ट भाउ बढ्दा निर्माण प्रभावित, थप नकिन्ने मुडमा निर्माण व्यवसायी

विज्ञापन
Image
विज्ञापन

२४ मंसिर, काठमाडौं । निजी सिमेन्ट उत्पादकले ‘कार्टेलिङ’ गर्दै सिमेन्ट भाउ बढाएसँगै निर्माण क्षेत्र प्रभावित हुन थालेको छ ।

निर्माण व्यवसायी बढेको भाउमा थप सिमेन्ट किन्न सक्ने अवस्थामा नरहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

‘एकातिर भएकै कामको भुक्तानी नपाएको अवस्था छ, अर्कातर्फ सिमेन्टको भाउ बढेपछि बरु निर्माणको काम रोक्ने मुडमा व्यवसायी छन्,’ उनले भने ।

अहिले बजारमा माग बढेर नभई सिमेन्ट उत्पादकले कार्टेलिङ गरेर उत्पादन कम गरिरहेको र कृत्रिम अभाव सिर्जना गर्न खोजेको उनको आरोप छ ।

‘अहिले उत्पादन भइरहेको सिमेन्ट औसत ४० प्रतिशतसम्म कटौती गर्ने भन्नेसम्मको कार्टेलिङ भएको छ,’ उनले भने, यो कृत्रिम अभाव सिर्जना गर्ने मौकामात्र हो ।’

अहिले धेरै निर्माण व्यवसायीले बढेको मूल्यमा सिमेन्ट खरिद गर्न छाडेको उनले बताए ।

उता, सिमेन्ट उत्पादकले भने विगतमा अस्वस्थ प्रतिस्पर्धा गरी लागतभन्दा कममा बेचिरहेकोमा अब सच्याइएको दाबी गर्दै आएका छन् ।

निर्माण व्यवसायीका अनुसार सिमेन्टको भाउ प्रतिबोरा औसत ७ सय १० देखि ७ सय ९५ रुपैयाँ सम्म पुगेको छ । यसअघि बोराको ५ सयदेखि ६ सय रुपैयाँ हाराहारी थियो । पीपीसी र ओपीसी सिमेन्टको भाउ फरक–फरक हुने गर्छ ।

सरकारले पूँजीगत खर्च गर्ने समयमा बढेको सिमेन्टको भाउबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि चासो दिएको छ ।

विभागले आइतबार सिमेन्ट उत्पादकहरूसँग छलफल गर्दै मूल्यसूची मागेको छ । विभागले ७ दिनभित्र मूल्य बढाउनुको आधारबारे स्पष्ट गर्दै मूल्यसूची बुझाउन भनेको विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन