विज्ञापन

काठमाडौं आइपुगे सोनु निगम, बेलुका हायात मैदानमा प्रस्तुति दिँदै

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन चर्चित भारतीय गायक सोनु निगम अपरान्ह काठमाडौं आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे । निगमको सांगीतिक समूहका सदस्यहरू बुधबार बिहानै तयारीका लागि आइसकेका थिए ।

प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन् । उनले ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन