विज्ञापन

तराईमा बिहान हुस्सु र कुहिरो, दिउँसो चार प्रदेशमा आंशिक बदली रहने

विज्ञापन
Image
विज्ञापन

हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

देशका मध्य र पूर्वी तराईका केही भू-भागमा बिहान हुस्सु /कुहिरो लागेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

दिउँसो कोशी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ।

बिहानीपख तराईका केही भू-भागहरुमा हुस्सु/कुहिरो लाग्दा यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन