काठमाडौँ । आज तीन स्थानको तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज धनगढी, नेपालगञ्ज र भैरहवामा सबैभन्दा बढी तापक्रम ३० डिग्रीसम्म पुग्ने सम्भावना रहेको हो ।
यहाँको न्यूनतम तापक्रम १० देखि १४ डिग्रीसम्म हुनेछ । सबैभन्दा कम तापक्रम जुम्लामा हुने जनाइएको छ । यहाँ माइनस चार डिग्रीसम्म तापक्रम पुग्ने सम्भावना रहने महाशाखाले जनाएको छ
प्रतिक्रिया जनाउनुहाेस्















