विज्ञापन

अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई चौथो स्टेजको प्रोस्टेट क्यान्सर

विज्ञापन
Image
विज्ञापन

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि भएको छ।

बाइडेनको सचिवालयले आइतबार वक्तव्य जारी गरी उनलाई आक्रामक खालको प्रोस्टेट क्यान्सर पुष्टि भएको जानकारी दिएको हो।

पिसाबमा समस्या भएर जाँच गराउन जाँदा प्रोस्टेटमा सानो गाँठो भेटिएको थियो। चिकित्सकहरूले यो अत्यन्त आक्रामक रहेको र स्टेज ४ मा रहेको बताएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।

यो शरीरका हड्डी र अन्य भागमा पनि फैलिएको चिकित्सकहरूले बताएका छन्।

‘यो क्यान्सर हर्मोन अत्यन्तै संवेदनशील छ। औषधीले नियन्त्रण गर्न सकिन्छ,’ बाइडेनको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

८२ वर्षीय बाइडेन र उनका परिवार चिकित्सकहरूसँग उपचार विकल्पहरूबारे सल्लाहमा छन्।

विशेषज्ञहरूले यस्तो क्यान्सर निको नभए पनि औषधीको सहायताले ५ देखि १० वर्षसम्म बचाउन सकिने बताएका छन्।

‘अहिलेको औषधीले यस्ता बिरामीको आयु पहिलेभन्दा धेरै बढेको छ,’ ड्युक युनिभर्सिटीका डा. जड मौलले न्युयोर्क टाइम्ससँग भनेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनको स्वास्थ्य अवस्थाबारे आफू दुखी रहेको बताएका छन्। उनले बाइडेनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पनि बाइडेनलाई बलियो मानसिकता भएको व्यक्ति भन्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन