२० जेठ, काठमाडौं । सुर्खेतमा जारी यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले दोहोरो शतक प्रहार गर्दै ऐतिहासिक प्रदर्शन गरेका छन्। गण्डकी प्रदेशविरुद्धको खेलमा उनले ११७ बलमा १६ चौका र १६ छक्का सहित २१७ रन बनाए।
रौनकको विस्फोटक ब्याटिङको आधारमा लुम्बिनीले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै ४०३ रन बनायो, जुन नेपाली ५० ओभरको क्रिकेटमा हालसम्मकै उच्च योगफल हो। लुम्बिनीका अर्का ब्याट्सम्यान लक्ष्मण कुमालले पनि ६० रनको योगदान दिए।
यो उपलब्धिसँगै रौनक श्रीवास्तव नेपाली घरेलु क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी बनेका छन्, जसले यू–१६ प्रतियोगितामा नयाँ कीर्तिमान स्थापित गरेको छ।
प्रतिक्रिया जनाउनुहाेस्








