– विदेशमा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
बुटवल,जेठ २० ।
विद्यार्थी जीवनको सबैभन्दा महत्वपूर्ण मोडमध्ये एक हो — उच्च शिक्षाको निर्णय। कुन देश जाने? के विषय पढ्ने? कुन विश्वविद्यालय छान्ने? के प्रक्रिया हुन्छ? यी सबै प्रश्नका उत्तर पाउन पाउनु भनेको भविष्यप्रतिको ढोका खोल्नु जस्तै हो। यस्तै सन्दर्भमा, नेपाल इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी प्रालि (एनआईइसी) ले बुटवलमा आयोजना गर्न लागेको ‘नेक्स्ट जेन करियर’ शैक्षिक परामर्श कार्यक्रम तपाईंका लागि अत्यन्तै उपयोगी अवसर बन्न सक्छ।
शुक्रबार, जेठ २३ गते – बुटवलमा एउटा अवसर
शुक्रबार, जेठ २३ गते बुटवलमा हुने यो विशेष शैक्षिक परामर्श कार्यक्रम दश जोड दुई सकेर विदेशमा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूलाई लक्षित गरिएको हो। युएसए, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, स्पेनलगायत १३ देशमा अध्ययनका लागि जान चाहनेहरूलाई लक्षित गर्दै यो कार्यक्रम आयोजना हुन लागेको हो।
किन विशेष छ यो कार्यक्रम?
एनआईइसीका बुटवल शाखा प्रमुख लक्ष्मी न्यौपानेका अनुसार, यस कार्यक्रममा सहभागीले आफू जान चाहेको देश र पढ्न चाहेको विषयबारे विस्तृत जानकारी नि:शुल्क रूपमा प्राप्त गर्न सक्नेछन्। उहाँले भन्नुभयो, “विद्यार्थीलाई उचित मार्गनिर्देशन र सहज प्रक्रिया सुनिश्चित गर्न एनआईइसीले सकारात्मक भूमिका खेल्दै आएको छ। यो कार्यक्रमले विद्यार्थीहरूलाई सहि देश र विषय चयन गर्न सघाउनेछ।”
२५ वर्षको अनुभव, ५ हजारभन्दा बढीको यात्रा सफल
एनआईइसीले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरिसकेको छ। यस अवधिमा संस्था मार्फत ५ हजारभन्दा बढी विद्यार्थीहरूलाई विदेशमा उच्च शिक्षाका लागि पठाइसकिएको तथ्यले यसको अनुभव र सफलताको प्रमाण दिन्छ।
विशेष छुट र अवसरहरू पनि उपलब्ध
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई आईईएलटीएस, पीटीई लगायतका कोर्षमा विशेष छुटको सुविधा पनि प्रदान गरिने एनआईइसीका मार्केटिङ हेड अभिषेक पटवाले जानकारी दिनुभयो। साथै, उहाँले देशभरका शाखाबाट प्रदान गरिने सेवा र मार्गदर्शनले विद्यार्थीको निर्णय प्रक्रियालाई सजिलो र विश्वसनीय बनाउने बताए।
सहभागीहरूको उत्साहजनक उपस्थिति हुने अपेक्षा
रुपन्देहीसहित आसपासका जिल्लाबाट १०० भन्दा बढी विद्यार्थीको सहभागिता हुने अनुमान गरिएको छ। कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै न्यौपानेले यो कार्यक्रम कुनै सामान्य परामर्श मात्र नभई विद्यार्थीको भविष्य निर्माणमा टेवा पुर्याउने अवसर भएको उल्लेख गर्नुभयो।
नि:शुल्क प्रवेश, गहिरो जानकारी
यो कार्यक्रम सबै विद्यार्थीहरूका लागि खुला र नि:शुल्क छ। सहभागीहरूले प्रत्यक्षरूपमा विशेषज्ञहरूसँग संवाद गर्न, विश्वविद्यालय र विषय छनोट गर्न, स्कलरशिप र भिषा प्रक्रिया बुझ्न पाउनेछन्।
७ शाखा, एउटै लक्ष्य — तपाईंको सफल भविष्य
एनआईइसीको देशभर सात वटा शाखा छन् — काठमाडौँका तीन स्थानमा, साथै पोखरा, पाल्पा, चितवन र बुटवलमा। यी सबै शाखाबाट विद्यार्थीलाई उचित परामर्श दिइँदै आएको छ।






