विज्ञापन

कोलम्बियाका राष्ट्रपति उम्मेदवारमाथि गोली प्रहार, १५ वर्षीय किशोर पक्राउ

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । कोलम्बियाका राष्ट्रपति उम्मेदवार मिगुएल उराइबमाथि शनिबार बोगोटामा चुनावी कार्यक्रममा गोली प्रहार भएको छ। ३९ वर्षीय उराइब भाषण दिँदै गर्दा अचानक गोली लागेपछि गहन उपचार कक्षमा छन्। गोली प्रहारपछि उनलाई रगतले लतपतिरहेको अवस्थामा सेतो कारमा राखिएको र मानिसहरूले सम्हालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

स्थानीय प्रहरीले १५ वर्षे एक किशोरलाई शंकास्पद बन्दुकधारीको रूपमा पक्राउ गरेको छ। महान्यायाधिवक्ता लुज एड्रियाना कामार्गोका अनुसार उनी गहन उपचारमा छन् र गोली टाउको वा घाँटीमा लागेको हुनसक्छ। राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले यस आक्रमणलाई लोकतन्त्र र राजनीतिक स्वतन्त्रता माथिको हमला भनेको छ।

उराइब डेमोक्रेटिक सेन्टर पार्टीका सदस्य हुन् र सन् २०२६ को राष्ट्रपति चुनावमा उम्मेदवारी घोषणा गरिसकेका थिए। उनको पार्टीले यसलाई ‘देशको आशामाथिको आक्रमण’ भनेको छ। गोली प्रहार पछाडि रहेकाहरूलाई पक्राउ गर्न सूचना दिने व्यक्तिलाई सात लाख डलरसम्मको इनाम घोषणा गरिएको छ।

उराइब राजनीतिक परिवारका सदस्य हुन्; उनका हजुरबुबा पूर्व राष्ट्रपति र आमा प्रसिद्ध पत्रकार थिइन्। उनी सन् २०२२ देखि सिनेटर हुन् र पहिले बोगोटाको सरकारी सचिव तथा नगर पार्षद् रहिसकेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन