विज्ञापन

अस्ट्रेलियामा नेपाली व्यवसायीमाथि आक्रमण, एनआरएनको कडा निन्दा र कारबाहीको माग

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ, २८ जेठ — गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले अस्ट्रेलियाको ब्रिस्बेनमा नेपाली व्यवसायीमाथि भएको आक्रमण र चोरीको घटनाको कडा निन्दा गरेको छ। मंगलबार साँझ ब्रिस्बेनस्थित ‘श्री गणेश ज्वेलरी’का सञ्चालक विजय सुनारमाथि चार जना लुटेराहरूले ह्यामर प्रहार गरी आक्रमण गरेका थिए।

क्विन्सल्यान्ड प्रहरीलाई उद्धृत गर्दै अष्ट्रेलियन समाचार संस्था ७न्यूजले जनाएअनुसार, लुटेराहरूले सुनारको टाउकोमा हथौडाले प्रहार गरी गम्भीर घाइते बनाउँदै पसलमा तोडफोड गरी ठूलो मात्रामा गरगहना लुटेर लगेका थिए। घाइते विजय सुनारको उपचार रोयल ब्रिस्बेन तथा वुमेन्स अस्पतालमा भइरहेको छ।

एनआरएन अस्ट्रेलियाले बुधबार एक विज्ञप्ति जारी गर्दै यो घटना कुनै एकपटकको मात्र नभएको उल्लेख गरेको छ। “गत महिनामा पनि यस्तै प्रकृतिका केही घटनाहरू रिपोर्ट भइसकेका छन्, जसले नेपाली मूलका व्यवसायीलाई लक्षित गरी योजनाबद्ध आक्रमण भइरहेको आशंका पैदा गरेको छ,” विज्ञप्तिमा भनिएको छ।

संघले लुटपाटमा संलग्न अपराधीलाई यथाशीघ्र पहिचान गरी कानुनी कारबाही गर्न तथा यस्ता घटनाको निष्पक्ष र सूक्ष्म अनुसन्धान गर्न माग गरेको छ। साथै, अस्ट्रेलियामा रहेका नेपाली समुदायको सुरक्षा सुदृढ बनाउन सम्बन्धित निकायलाई तत्काल कदम चाल्न आग्रह गरिएको छ। एनआरएनले अस्ट्रेलियामा व्यवसाय गरिरहेका नेपालीहरूको सुरक्षामा सरकार र प्रहरी प्रशासन संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन