बुटवल । साथिसहित जेठ ७ गते तिनाउखोला ड्यामसाइडमा पौडी खेल्न गएका थिए, भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी । तर, उनी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भए । नेपाल प्रहरी, नेपाली सेनाको तालिम प्राप्त टोलीले खोजि कार्य गर्ने क्रममा ड्यामसाइडबाट उनको शब भेटायो । यस्तै
यस्तै बैशाख २९ गते मंगलबार बुटवल ४ लक्ष्मिनगरका लक्ष्मीनगरका १७ वर्षिय अभिषेक श्रेष्ठ र उनका साथी १६ बर्षिय दिनेश सुवेदी तिनाउ खोलामा पौडी खेल्न गए । तर, पौडी खेल्ने क्रममा डुबेर दुबै जना बेपत्ता भए । पौडी खेल्ने क्रममा डुबेका सुवेदीको शब मंगलबार दिउँसो र श्रेष्ठको शव साँझ प्रहरीले फेला पार्यो । यी तिनाउको ड्यामसाइडमा पौडी खेल्ने क्रममा मृत्यु हुने प्रतिनिधिमूलक घटना मात्रै हुन् ।
पाल्पाको भुतखोला र तिनाउको ड्याप साइटमा हरेक वर्ष गर्मी मौसममा पौडी खेल्न जाने र खोलाको तस्वीर लिनेहरू लडेर ज्यान गुमाउनेको तथ्याङ्क डर लाग्दो रहेको पाइएको छ । यस क्षेत्र पर्यटकका लागि आकर्षणस्थल भए पनि त्यसको उचित सुरक्षा प्रबन्ध नहुँदा धेरैले ज्यान गुमाउनुपरेको हो । उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटक बढी जाने गरेका भन्दै सुरक्षाको उचित प्रबन्ध नहुँदा दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भुतखोला र ड्याप साइटमा डुबेर १० वर्षको अवधीम ११८ जनाले ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष ८१/८२ को जेठ ३० गतेसम्म भुतखोला र तिनाउको ड्याम्प साडटमा डुबेर ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७१/७२ मा १० जना, २०७२/७३ मा ८ जना, २०७३/७४ मा १० जना, २०७४/७५ मा ६ जना, २०७५/७६ मा १५ जनाको मृत्यु भएको डिएसपी मल्लले बताए ।
यस्तै आर्थिक वर्ष २०७६/७७ मा ३ जना, ७७/७८ मा ६ जना, ७८/७९ मा १४ जना, ७९/८० मा १९ जना, ८०/ ८१ मा जना १४ र ८१/८२ को जेठ ३० गतेसम्म ४ जनाको मृत्यु भएको मल्लले बताए ।
पर्यटकीय क्षेत्र र तराईसँग नजिक भएका कारणले पनि सो ठाउँमा जानेहरु आफै नै सचेत हुनु पर्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी मल्ल बताउँछन् । साथै सो ठाउँमा एक दुई घण्टाको अन्तरमा खतराको साइरन बजाउने तथा सिसिटिभिको माध्यमबाट मोनिटरिङ्ग गर्ने व्यवस्था गरेमा दुर्घटना कम हुने डिएसपी मल्ल बताउँछन् ।
‘प्रहरीले डुयुटी गरेर मात्रै सम्भव पनि हुँदैन् । मुख्यता डियीटि राखेर सम्भव छैन् । १/२ घण्टाको अन्तरमा खतराको साइरन बझाउने तथा सिसिटिभिको माध्यमबाट मोनिटरिङ्ग गर्ने व्यवस्था भयो भने प्रहरीलाई सहज हुन्छ । यसका लागि हामीले बजेटको लागि पहल गरेका पनि छौँ,’–उनले भने । साथै उक्त स्थानमा प्रहरीले गर्मीको समयमा नियमित रुपमा गस्ती गर्ने गरेको मल्लले बताए ।






