काठमाडौं — सुनमा लगाइएको २% विलासिता कर र हिरा–पत्थरमा १३% भ्याट खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीहरुले काठमाडौंको न्यूरोड क्षेत्रमा सोमबार पुनः प्रदर्शन गरे।
नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरुले “सरकार सुन दे, उच्च कर हटाउ” लगायतका नारासहित व्यवसायीमैत्री नीति र स्पष्ट नियमावलीको माग गरे।
व्यवसायीहरूले कर हटाएर व्यापार सहज बनाउन सरकारलाई दबाब दिइरहेका छन्।
प्रतिक्रिया जनाउनुहाेस्

















