विज्ञापन

आयआर्जन र आत्मनिर्भरता तर्फ महिलाको यात्रा — पाल्पा तिनाउमा ‘होमस्टे’ मार्फत महिलाको सशक्तिकरण

विज्ञापन
Image
विज्ञापन

पाल्पा — तिनाउ गाउँपालिकाका महिलाहरू पछिल्लो समय आयआर्जन र स्वरोजगारतर्फ सक्रिय हुँदै घरबास (होमस्टे) व्यवसायमा आकर्षित हुन थालेका छन्। परम्परागत रूपमा घरको काम र घाँसपातमै सीमित महिला अब आफ्नो घरमा पर्यटकलाई स्वागत गरी मनग्य आम्दानी गर्न थालेका छन्।

गाउँपालिकाका विभिन्न वडामा महिलाले घरबास सञ्चालन गरेका छन् भने केही महिलाले तालिम लिँदै व्यवसाय थाल्न तयारी गरिरहेका छन्। गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार, महिला स्वतःस्फूर्त रूपमा यो क्षेत्रमा लागेका हुन्, किनकि पयर्टन र घरबास व्यवसायले राम्रो आम्दानी दिलाउन थालेको छ।

जन्तीलुङकी माया सारुले आफ्ना अनुभव साझा गर्दै भनिन्, “घरबासबाट भएको आम्दानीले छोराछोरीको पढाइदेखि घरखर्च चलाउन सजिलो भएको छ।” उनका अनुसार यस व्यवसायले गाउँमै बसेर आत्मनिर्भर बन्ने अवसर मिलेको छ।

महिलाको चासो देखेर गाउँपालिकाले पाल्पा विकास केन्द्र र सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा आवश्यक तालिमहरू प्रदान गर्न थालेको छ। तालिमले महिलालाई सीपमूलक बनाउँदै उद्यमशीलता बढाउने काम गरेको उपाध्यक्ष लालबहादुर थापाको भनाइ छ। उनले भने, “घरमै बसेर महिनाको ४०–५० हजारसम्म कमाउन सकिन्छ, मेहनत गर्नुपर्छ मात्र।”

हाल मस्याम, मरामकोट, सत्यवती, कचल, दोभान र झुम्सा क्षेत्रका महिलाले घरबास व्यवसाय सञ्चालन गरिरहेका छन् वा तयारीमा जुटेका छन्। जन्तीलुङ सामुदायिक घरबासमा प्रतिव्यक्ति रु १२०० मा खानेबस्ने सुविधा उपलब्ध गराइएको छ, जसमा लोकल खानाको स्वाद र पहाडी सौन्दर्यको अनुभव समेटिएको छ।

गाउँपालिकाका पूर्वअध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार मस्याम क्षेत्रको घरबास सेवा व्यवस्थित हुँदै गएको छ। उनी भन्छन्, “जन्तीलुङ र मरामकोटबाट देखिने हिमालदेखि तराईसम्मको दृश्यले यहाँको पर्यटनमा थप आकर्षण थपेको छ।”

यो पहलले महिलाको आर्थिक सशक्तिकरण मात्र होइन, गाउँकै समृद्धिको बाटो पनि खोल्ने संकेत दिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन