विज्ञापन

इजरायलद्वारा इरानको सरकारी टेलिभिजन कार्यालयमा आक्रमण, प्रत्यक्ष प्रसारणमै देखियो क्षण

विज्ञापन
Image
विज्ञापन

काठमाडौं, ३ असार — इजरायलले इरानको सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (IRIB) को कार्यालयमा सोमबार राति आक्रमण गरेको पुष्टि भएको छ। टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेका बेला नै आक्रमण भएको दृश्य देखिएको र कार्यक्रम प्रस्तोता तत्काल स्टुडियोबाट बाहिर निस्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

केही समयको अवरोधपछि IRIB ले पुनः प्रसारण सुरु गरेको थियो। कार्यालयमा आक्रमण भएपछि प्रसारण सेवा केही समयका लागि रोकिएको थियो। संस्थाका एक वरिष्ठ अधिकारीले इजरायलको आक्रमणलाई ‘इरानी राष्ट्रको आवाज दबाउने असफल प्रयास’ भन्दै कडा प्रतिक्रिया दिएका छन्।

आक्रमणको केही घण्टाअघि इजरायलका रक्षामन्त्री इजरायल काट्ज ले इरानको टेलिभिजन र रेडियो च्यानलहरूलाई ‘प्रोपोगान्डा र उक्साहटको स्रोत’ भन्दै तीव्र कारबाहीको चेतावनी दिएका थिए। उनले भनेका थिए, “इरानी प्रोपोगान्डा र उक्साउने मेगाफोन ध्वस्त पारिनेछ।”

त्यसैगरी, आक्रमण हुनुअघि नै इजरायली सेनाले राजधानी तेहरानको उत्तर क्षेत्रमा पर्ने ‘डिस्ट्रिक्ट थ्री’ का नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको थियो। यसबाट संभावित सैन्य रणनीति पहिल्यै तय गरिएको अनुमान गरिएको छ।

यस घटनाले इजरायल–इरान तनाव थप चर्किने संकेत देखिएको छ। इरानभित्रै सञ्चालित सरकारी सञ्चार संस्थामाथि सीधा सैन्य आक्रमण हुनु अन्तर्राष्ट्रिय स्तरमै गम्भीर विषय बनेको छ। अहिले स्थिति परिक्षणमा छ भने दुबै देशबाट थप प्रतिक्रिया र सम्भावित कारबाहीका संकेतहरू देखिन थालेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन