विज्ञापन

असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असार ७ गतेसम्म चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी प्राप्त भएको जनाएको छ ।

चीनको प्रहरी कार्यालयबाट उक्त सूचना प्राप्त भएको भन्दै प्रशासनले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बुधबार जारी गरेको सूचनामा भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रको तटीय क्षेत्रमा बस्ने बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन