विज्ञापन

लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च क्षेत्रहरूमा हिमपातको चेतावनी

विज्ञापन
Image
विज्ञापन

बुटवल । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आजको मौसमी अवस्थाबारे जानकारी दिंदै केही स्थानहरूमा भारी वर्षा हुनसक्ने चेतावनी दिएको छ।

महाशाखाले बिहान ६ बजे प्रकाशित गरेको संक्षिप्त बुलेटिनअनुसार, देशभरका अधिकांश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जनाइएको छ।

विशेषगरी कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ। यस्तै, उच्च पहाडी र हिमाली भूभागहरूमा पनि हल्का वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज रातिको समयलाई लक्षित गर्दै गरिएको पूर्वानुमानमा कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ। त्यसैगरी, कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षा पर्न सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ।

पुनः हिमाली तथा उच्च पहाडी क्षेत्रका थोरै स्थानमा आज राति पनि हल्का वर्षा र हिमपातको सम्भावना कायम रहेको स्पष्ट गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन