विज्ञापन

साइबर अपराधमा नयाँ कीर्तिमान : १६ अर्ब वटा अकाउन्टका पासवर्ड चोरी

विज्ञापन
Image
विज्ञापन

१६ अर्बभन्दा धेरै पासवर्ड चोरी भएको घटनाले इन्टरनेट संसारमा ठूलो तरंग ल्याएको छ । यो हालसम्मकै सबैभन्दा ठूलो डेटा चोरीको रूपमा चिनिएको छ, जसले साइबर सुरक्षा र प्रयोगकर्ताको गोपनीयता गम्भीर जोखिममा पारिदिएको छ ।

इतिहासकै सबभन्दा ठूलो साइबर हमला
प्राप्त विवरण अनुसार, चोरी भएका डाटामा प्रयोगकर्ताका युजरनेम, पासवर्ड, इमेल ठेगाना, सामाजिक सञ्जाल (फेसबुक, गूगल, ट्विटर, टेलीग्राम आदि) का लगइन विवरणहरू समावेश छन् । यसबाहेक GitHub जस्ता डेभलपर्स प्लेटफर्म र सरकारी प्रणालीमा पहुँच भएका संवेदनशील डेटा समेत लिक भएका छन् ।

यसबाट लाखौं प्रयोगकर्ताका डिजिटल जानकारी जोखिममा परेका छन्, जसमा व्यक्तिगत मात्र नभई सरकारी र व्यवसायिक खाताहरू पनि छन् । GitHub जस्ता प्लेटफर्ममा पहुँच भएको डेटा चोरी हुँदा कोड ह्याक, फेक सन्देश प्रसारण र प्रणाली हानी पुर्‍याउने प्रयासहरू बढ्न सक्ने अनुमान गरिएको छ ।

कसरी भयो चोरी?
सुरक्षा विशेषज्ञका अनुसार, चोरी भएका पासवर्डहरू नयाँ छन् र यी Infostealers भनिने एक खालको मालवेयर प्रयोग गरेर चोरी गरिएका हुन् । यो म्यालवेयर प्रयोगकर्ताको कम्प्युटर वा मोबाइलमा गुपचुप रूपमा प्रवेश गरी पासवर्ड, युजरनेम र संवेदनशील डेटा संकलन गरेर ह्याकरलाई पठाउँछ ।

यो केवल साधारण हमला होइन
विशेषज्ञहरूले यो लिकलाई एक गम्भीर र संगठित साइबर अपराधको योजना मानेका छन् । यसमा ३० भन्दा बढी ठूला डेटासेटहरू समावेश छन्, जसमा करोडौं प्रयोगकर्ताका लगइन विवरण छन् । ह्याकरहरूले यिनलाई डार्क वेबमा बेच्ने वा सिधै अनधिकृत पहुँचका लागि प्रयोग गर्ने सम्भावना छ ।

यसले ह्याकरलाई कमजोर पासवर्ड प्रयोग नगरी सिधै अकाउन्ट ह्याक गर्ने बाटो खोलिदिएको छ – जुन निकै खतरनाक मानिन्छ ।

अब के गर्ने? — तपाईंको सुरक्षा कसरी गर्ने?
साइबर सुरक्षा विशेषज्ञहरूले यस्तो ठूला डेटा लिकपछि सबै प्रयोगकर्तालाई तत्काल सावधानी अपनाउन सुझाव दिएका छन्:

१. पासवर्ड तुरुन्त परिवर्तन गर्नुहोस्
जुनसुकै अकाउन्ट भए पनि विशेषगरी पुराना र कमजोर पासवर्ड प्रयोग भइरहेकाहरूलाई तुरुन्तै नयाँ, बलियो पासवर्डमा परिवर्तन गर्नुहोस्।

२. टू-फ्याक्टर अथेन्टिकेसन (2FA) अनिवार्य बनाउनुहोस्
2FA ले तपाईंको खातामा पासवर्डबाहेक अर्को सुरक्षा तह थप गर्छ, जसले अनधिकृत पहुँच रोक्न मद्दत गर्छ।

३. पासवर्ड म्यानेजरको प्रयोग गर्नुहोस्
बलियो, फरक-फरक पासवर्ड व्यवस्थापन गर्न पासवर्ड म्यानेजर (जस्तै Bitwarden, 1Password वा LastPass) प्रयोग गर्नुहोस्।

४. फिसिङ स्क्यामबाट होशियार रहनुहोस्
अपरिचित इमेल, सन्देश वा लिङ्कहरू नखोल्नुहोस् । ह्याकरहरूले यिनै माध्यमबाट फेरि जानकारी लिने प्रयास गर्न सक्छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन