विज्ञापन

एलन मस्कले खोले नयाँ राजनीतिक दल, नाम राखे ‘अमेरिका पार्टी’

विज्ञापन
Image
विज्ञापन

२२ असार, काठमाडौं – अमेरिकी व्यवसायी तथा प्रविधि उद्यमी एलन मस्कले नयाँ राजनीतिक दल गठन गरेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ (पूर्व ट्विटर) मार्फत मस्कले आफूले स्थापनामा ल्याएको दलको नाम ‘अमेरिका पार्टी’ रहेको बताएका छन्।

हालसम्म यो पार्टी औपचारिक रूपमा दर्ता भइसकेको छ कि छैन भन्ने बारे मस्कले स्पष्ट गरेका छैनन्। त्यस्तै, पार्टीको संरचना, नेतृत्व वा भावी रणनीतिबारे पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन। अमेरिकी फेडरल इलेक्सन कमिशनले शनिबारसम्म यस्तो कुनै नयाँ दलको दर्ता पुष्टि नगरेको बीबीसीले जनाएको छ।

यद्यपि, मस्कले आफूले सुरु गर्न लागेको पार्टीले अमेरिकी राजनीति चलाइरहेका दुई प्रमुख दल — डेमोक्रेटिक र रिपब्लिकन — लाई चुनौती दिने दाबी गरेका छन्। उनले अमेरिकामा वर्तमान द्विदलीय प्रणालीले जनताको असन्तुष्टि बढाएको र त्यसको विकल्प आवश्यक भइसकेको टिप्पणी गरेका छन्।

सन् २०२४ को राष्ट्रपतीय चुनावमा मस्क पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक थिए। त्यही समयमा उनले ट्रम्पलाई २५ करोड डलर बराबरको चुनावी चन्दा दिएका थिए, जसले निकै चर्चा पाएको थियो। ट्रम्प पुनः निर्वाचित भएपछि मस्कलाई ‘सरकारी खर्च सुधार’ सम्बन्धी कार्यदक्षता विभाग (DOGE) को नेतृत्वमा नियुक्त गरिएको थियो। तर, आन्तरिक विवादपछि मस्कले उक्त पद त्यागेका थिए।

राजीनामापछि नै उनले नयाँ राजनीतिक विकल्पको आवश्यकता रहेको संकेत दिएका थिए। अमेरिकाको स्वतन्त्रता दिवस (४ जुलाई) को अवसरमा उनले एक्समा एक सर्वे (पोल) राखेर जनमत संकलन गरेका थिए, जसमा दुईवटा विकल्प दिइएको थियो — “हामीलाई नयाँ पार्टी चाहिन्छ” वा “नचाहिन्छ”। परिणाममा ६५.४% प्रयोगकर्ताले नयाँ पार्टी चाहिने मत दिएका थिए।

पोलको नतिजापछि मस्कले लेखे, “तपाईंहरूमध्ये ६६ प्रतिशतले नयाँ राजनीतिक दल चाहनुहुन्छ। अब तपाईंहरूले त्यो प्राप्त गर्नुहुनेछ। जब देशलाई बिगार्ने र भ्रष्टाचारको कुरा आउँछ, त्यहाँ रिपब्लिकन र डेमोक्रेट दुवै उस्तै देखिन्छन्। अब अमेरिका दुई पार्टीको जञ्जालबाट मुक्त हुनेछ।”

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन