विज्ञापन

अर्घाखाँचीमा छोराले गरे बुवाको हत्या, मलखादमा पुरेको अवस्थामा भेटियो शव

विज्ञापन
Image
विज्ञापन

बुटवल । अर्घाखाँचीमा सामान्य घर झगडामा छोराले बुवाको हत्या गरेर नजिकैको मलखातामा पुरेको भेटिएको छ । सन्धिखर्क नगरपालिकाको वडा नं १२ डिभर्ना बार्सखर्क गाउँका ७२ वर्षीय जंगबहादुर नेपालीलाई ४० वर्षीय झुपे नेपालीले दाउराले टाउको हानेर हत्या गरेर नजिकैको मलखातामा पुरेका हुन् ।

झुपे जंगबहादुरका झड्केलो छोरा रहेको स्थानीयले प्रहरीलाई बताएका छन् । प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार झुपे नेपालीले बुधवार दिउँसो घरमै बुवाको हत्या गरेका थिए । मदिराले मात्तिएर रिसको झोकमा कुटपिट गरेर बुबाको हत्यापछि शवलाई मलभित्र पुरेका थिए ।

मदिराले मात्तिएका झुपे दुई महिनाअघि पनि अभद्र व्यवहारमा प्रहरीको पक्राउमा परेका थिए । अहिले कुटपिट गर्ने झुपे नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मल्लको भनाई छ ।छिमेकीसमेत रहेकी वडा सदस्य मिना श्रेष्ठका अनुसार जंगबहादुरले कान्छी श्रीमती बिहे गरेर ल्याउने बेलामै झुपे जन्मिसकेको र बासखर्कमा आएर हुर्केका हुन् ।

उनले दिनभरजसो मदिरा खाएर हल्ला गर्ने गर्दथे । बुधवार भने आमा नभएको समयमा बाबुलाई हत्या गरेर नजिकैको मलखातामा गाडेको अवस्थामा भेटिएको श्रेष्ठले बताइन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन