विज्ञापन

अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको निधन

विज्ञापन
Image
विज्ञापन

३१ असार, काठमाडौं । अमेरिकाको लुइजियाना राज्यमा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको ज्यान गएको छ। लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको उक्त दुर्घटनामा मृत्यु भएको पुष्टि गरिएको छ। दुबै जना नेपाली नागरिक भएको जनाइएको छ, तर उनीहरूको स्थायी ठेगाना भने अझै खुलेको छैन।

असार २९ गते राति करिब ९ बजे तिर लुइजियानामा भीषण वर्षा भइरहेका बेला यादवले चलाएको कार अनियन्त्रित भई रुखमा ठोक्किएको थियो। त्यसपछि गाडीमा आगो लागेको र यादव र ओलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। कारमा सवार अन्य दुई व्यक्ति भने घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको बताइएको छ।

दुर्घटनापछि लुइजियाना टेक विश्वविद्यालयले शोक सन्देश जारी गर्दै मृतक विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले सामाजिक सञ्जालमार्फत दुर्घटनाबारे जानकारी दिँदै समुदायभित्रको परस्पर माया र सहकार्यको महत्व औंल्याएका छन्। विश्वविद्यालयले घटनाबाट भावनात्मक रूपमा प्रभावित विद्यार्थीहरूका लागि परामर्श सेवा उपलब्ध गराएको पनि जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन