विज्ञापन

बालिका बलात्कार आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ

विज्ञापन
Image
विज्ञापन

६ साउन, काठमाडौं । पर्वतमा ८ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् ।

बलात्कार आरोपमा प्रहरीले बिहादी गाउँपालिकाका ६४ वर्षीय भुवानन्द तिवारीलाई पक्राउ गरेको छ ।

भुवानन्दले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरी आएपछि प्रहरी चौकी सेतीवेणीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

त्यसैगरी उदयपुरमा पनि १४ वर्षीया बालिका बलात्कारको आरोपमा चौदण्डी नगरपालिका–९ अजयगराका १९ वर्षीय सुजन दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन